पहिरोमा पुरिएर तिनको मृत्यु


 


मेलम्ची,असोज १५

अविरल वर्षाका कारण सिन्धुपाल्चोक राम्चेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका दुईको शव आज प्रहरीले फेला पारेको छ ।

सिन्धुपाल्चोक राम्चेका चन्द्रकान्त तिमल्सिनाका कान्छा छोरा उद्धब तिमल्सिना र उनको श्रीमती सम्झनाको शव फेला पारेको हो ।

गएराति २ बजे गएको पहिरोमा दुबै बेपत्ता भएका थिए । पहिरोले पुरिएको ठाउँवाट दुबैको शव आज प्रहरीले निकालेको छ । पहिरोमा परेर चन्द्रकान्तका जेठाछोरा रामकुमार तिमल्सिनाको पनि मृत्यु भएको थियो ।

शव परीक्षणका लागि बाह्रबिसे उप स्वास्थ्य केन्द्रमा लगिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताउनुभयो ।

राम्चे– ६ पुराना गाउँमा गएको पहिरोले तीनवटा टहरा पुरेको थियो भने चन्द्रकान्त र उनको जेठीबुहारी पहिरोबाट घाइते भएका छन् । उनीहरुको बाह्रबिसे स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: १५ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्