मेडिसिटी अस्पतालमा कोरोना संक्रमित वृद्धको मृत्यु


 


काठमाडौं, साउन २६
ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित वृद्धको मृत्यु भएकाे छ।

६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भएको हाे। निमोनिया र मधुमेहको रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।

ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालका अनुसार सोमबार बिहान ६ बजे उनको मृत्यु भएको हो । मृतक कलंकी ट्याङ्ला फाँटका हुन् ।

प्रकाशित मिति: २६ श्रावण २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्