तिम्रो मुटु मेरो धड्कन भन्थी


 


bimal

गजल

तिम्रो मुटु मेरो धड्कन भन्थी मोरीले

सङ्ग संगै काटैं जीवन भन्थी मोरीली

आखिरीमा हुँनु पर्यो एक्लो चखेवा झैं

छुट्ने छैन हाम्रो बन्धन भन्थी मोरीले

खहरेको भेल जस्तै रैछ उस्को माया

नदी जस्तै सङ्लो छ मन भन्थी मोरीले

लाउने रैछ आफैले खोट मेरो मायामा

आउने छैन बाधा आर्चन भन्थी मोरीले

जन्तीलि आउँनु तिमी मेरो आगनीमा

जुरे पछि साईत लगन भन्थी मोरीले

इमान उच्च हुनुपर्छ मानबताको सधैं

बन्नु पर्छ सही सज्जन भन्थी मोरीले

बिमल काङमाङ

खावा -४ भोजपुर

प्रकाशित मिति: २३ जेष्ठ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्