निशान भट्टराईले गरे कानूनी विवाह


 



काठमाडौं, साउन २७
नेपाल आइडल सिजन–१ फस्ट रनरअप गायक निशान भट्टराइले प्रेमिकासंग कानुनी बिबाह गरेका छन् ।

उनले धुलिखेल जिल्ला अदालतमा प्रेमिका ऋचा न्यौपानेसंग कानुनी विवाह गरेका हुन् । कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका छन् ।

पछिल्लो समयमा गायक निशान भट्टराइ नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका छन् । उनले, स्वर भरेको ‘के माया लाग्छ र’ बोलको गीत पनि अहिले सर्वाधिक चर्चामा छ ।

निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।

प्रकाशित मिति: २७ श्रावण २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्