गाडीले किचेर मृत्यु


 


बैतडी, १६ असोज

गाडीले किचेर बैतडीमा शनिबार साँझ एकजनाको ज्यान गएको छ । ज्यान जानेमा सिद्घेश्वर–८ तल्लो खनारखोलीका ५५ वर्षीय रामबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

विष्टलाई शनिबार साँझ ८ः३० बजे महाकाली राजमार्गअन्तर्गत सिद्घेश्वर–८ तल्लो खनारखोलीमा पैदल हिँडिरहेका बेला गाडीले किचेर ज्यान गएको हो । गाडी भने फरार रहेको छ र खोजी कार्य जारी रहेको बताइएको छ । मृतकका आफन्तले आक्रोशित भएर राजमार्ग बन्द गराएका छन् ।

शव बीच सडकमा राखेर उनीहरुले राजमार्ग बन्द गरेका छन् । राजमार्ग बन्द हुँदा शनिबार साँझदेखि दर्जनौँ गाडी र यात्रुबीच बाटोमै अलपत्र परेका छन् । राजमार्ग खुलाउन अहिले प्रहरी नायब उपरीक्षक बालनरसिंह राणा नेतृत्वको एक टोली घटनास्थल गइरहेको छ ।

प्रकाशित मिति: १६ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्