सलमानसँग काम गर्न ऐश्वर्या तयार


 


ashwary-salmanएजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन विगत बिर्सिएर अभिनेता सलमान खानसँग काम गर्न तयार भएकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार एक म्याजेगिनलाई अन्तर्वार्ता दिँदै ऐश्वर्याले सलमानसँग काम गर्न कुनै समस्या नभएको बताएकी हुन् । उनले सलमानसँग खेल्ने फिल्मको प्रस्ताव आए आफू त्यसमा विचार गर्ने बताइन् ।

सलमानसँग फिल्म खेल्न उनले एक शर्त पनि अघि सारेकी छन् । यदि फिल्मको स्क्रिप्ट र चलेका निर्देशक भए तब उनी सलमानसँग काम गर्नेछिन् । बलिउडकर्मीले यसलाई ठूलो खबर भनेका छन् ।

कुनै जमानाका प्रेमी जोडी सलमान र ऐश्वर्याबीचको सम्बन्धमा बीचमै खटपट आएको थियो । सलमानकै कारण ऐश्वर्या उनीसँग अलग भएकी थिइन् । सलमानले ऐश्वर्यालाई फिल्म शुटिङ सेटमै कुटेपछि दुबै अलग भएका थिए ।

प्रकाशित मिति: १६ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्