जन्मभूमिको सम्झनाः सर्बिनको ‘उस्तै छै कि फेरी’ (भिडियोसहित)


 



काठमाडौं, भदौ १
गायक सर्बिन बोगटीले आफ्नो जन्मभूमिलाई सम्झिदै आफ्नै कर्णप्रिय आवाजमा ठाडी भाकाको गीत बजारमा ल्याएका छन् ।

उत्कृष्ट शब्द भाका रहेको ‘उस्तै छैकी कि फेरी’ बोलको गीत बजारमा उनले आफ्नै युटुब च्यानलमार्फत बजारमा ल्याएका हुन् । गीतमा समेटिएका टिपिकल शब्दले जन्मथलोका अवस्था र विगतलाई स्पष्ट पर्न बल पुर्याएको छ ।

जन्मेहुर्केको ठाउँ, प्रदेशीयका नेपालीहरुको दुःख, संघर्ष र जीवन कहानीलाई गीतमा उतार्ने प्रयास गरिएको छ । गीतमा सुस्मिता कुवँर र गायक बोगटीको अभिनय देख्न सकिन्छ।

जीबी आग्री र सुनिल पाण्डेको संयुक्त निर्देशनमा तयार पारिएको गीतका दृश्यहरु राजेन्द्र पालले क्यामेरामा कैद गरेका हुन्। गीतको म्युजिक भिडियो सिलन लम्सालले सम्पादन गरेका हुन्।

प्रकाशित मिति: १ भाद्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्