बलिउड अभिनेत्री सोनक्षीले गुहारिन् प्रहरी



मुम्बई, भदाैँ १०
बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले सामाजिक सञ्जाल छाड्दा पनि घोचपेज सहनुपरेको छ । यसैक्रममा आफूलाई सामाजिक सञ्जालमा जवाभावी लेख्नेलाई उनले प्रहरी हिरासतमा पु-याएकी छन् ।

सामाजिक सञ्जालबाट महिलामाथि हुने हिंसाविरुद्ध उनले एउटा भिडियो बनाएर सार्वजनिक गरेकी थिइन् । उनको त्यो साइबर पुलिङसम्बन्धी भिडियोलाई धेरैले रुचाए पनि केहीले टिप्पणी गरेका थिए । महाराष्ट्रका शशिकान्त गुलाब जाधवले अभिनेत्री सोनाक्षीको भिडियोलाई गलत तरिकाले प्रचार गरी उनीमाथि सामाजिक सञ्जालमा विभिन्न आपत्तिजनक शब्दहरू प्रयोग गरे । शशिकान्तको सो कार्य नरोकिएपछि अभिनेत्री सोनाक्षीले गत ७ अगस्टमा मुम्बईको क्राइम ब्रान्चमा ती व्यक्तिविरुद्ध उजुरी दिएकी थिइन् ।

प्रहरीले ती व्यक्तलाई यतिबेला पक्राउ गरेर हिरासतमा राखेको छ । महाराष्ट्रको औरंगावादबाट पक्राउ परेका ती व्यक्तिलाई प्रहरीले साइबर क्राइमअन्तर्गत मुद्दा चलाउने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News