Deshko News
९ आश्विन २०८०, मंगलबार

बुहारीले अंश मागिन्, जेठाजुले मृत्यु दिए



बर्दिया, असोज १६

जेठाजुले हानेको ढुङ्गा प्रहारबाट भाइबुहारीको मृत्यु भएको छ । बर्दिया पाताभार गाविस–८ बस्ने अन्दाजी ५५ वर्षीय जवालसिंह ढकालले हानेको ढुङ्गाबाट बुहारी मनसरा ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति अंशबन्डा तथा घरायसी झै–झगडा हुँदा मादकपदार्थ सेवन गरेका ढकालले गरेको ढुङ्गा प्रहारबाट आफ्नै बुहारीको टाउकामा गरी गम्भीर चोट लागेको थियो । घाइते भएकी बुहारी मनसराको उपचारका क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घटनापछि फरार रहेका जवालसिंह ढकाललाई राति नै कैलाली टीकापुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News