दशैंको नवरात्रमा गर्ने नहुने यी हुन् १० काम


 


बिहिबार देखि दशैंको नवरात्रि शुरु भएको छ । नवरात्रिको १० दिनमा दुर्गा भवानीको विशेष पुजा गरिन्छ । देवीको भक्तिमा डुब्ने भक्तजनहरुले उपबास गर्छन् भने देवी दुर्गाको मुर्ति स्थापना गरेर कलश स्थापना गरिन्छ ।

१- नवरात्रिको सममया उपबास गर्नेहरुले दरी, कपाल वा जुङ्गा काट्नु हुँदैन ।

२- कलश स्थापना भएपछि घरको ढोका लगाएर खाली छोड्नु हुँदैन ।

३- ९ दिन सम्म सात्विक भोजन गर्नु पर्छ । नवरात्रिमा माछा मासु, लसुन प्याज सेवन गर्नु हुँदैन ।

४- उपबास गर्ने ब्यक्ति ब्रत बस्दा अन्नको सेवन गर्नु हुँदैन ।

५- विष्णु पुराणका अनुसार नवरात्रिको व्रतको समयमा दिउसोको समयमा सुत्नु हुँदैन ।

६- उपबास बस्दा मदिरा सेवन गर्नु बर्जित छ ।

७- ब्रतको समयमा चुरोट खैनी पनि सेवन गर्नु अशुभ मानिन्छ ।

८-व्रतको समयमा शारीरिक सम्बन्ध राख्दा ब्रतको फल प्राप्त नहुने धर्म शास्त्रमा उल्लेख छ ।

९- महिलाले माषिक धर्मको समयमा दुर्गा पुजा गर्नु हुँदैन ।

१०- माषिक धर्मको सात दिन सम्म दुर्गा पुजा वर्जित गरिएको छ । यो समयमा उपबास पनि बस्नु हुँदैन ।

प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्