सुशान्त आत्महत्या प्रकरण : पूर्व म्यानेजर श्रुतीका वकिलले गरे नयाँ खुलासा




आफ्नै घरमा आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतका पूर्व म्यानेजर श्रुती मोदीका वकिलले अनौठो बयान दिएका छन् ।

श्रुती मोदीका वकिल अशोक सरोगीले सुशान्त सिंह राजपूतको ड्रग पार्टीमा उनकी दिदी पनि सामेल हुने गरेको बताएका छन् ।

ड्रग्सको प्रयोग गरिने पार्टीमा उनी सहभागी बनेको प्रमाण आफूसँग रहेको उनले बताएका हुन् । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ को राती बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

त्यसपछि उनको आत्महत्या प्रकरणबारे अहिले अनुसन्धान भईरहेको छ । विशेष गरेर सुशान्तकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीमाथि विभिन्न आरोप लागिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News