चितवनमा थप ३५ जनामा काेराेना संक्रमण


 


चितवन, भदाैँ १७
चितवनमा थप ३५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीका अनुसार संक्रमितमध्ये २८ जना चितवन जिल्लाका छन् । अन्य ७ जना नवलपरासी, धनुषा, रुपन्देही, सिरहा र बाराका रहेका उनले बताइन् ।

चितवनका २८ जनामध्ये भरतपुर महानगरपालिकामा १६ पुरुष र १० महिला गरी २६ जना संक्रमित थपिएका छन् । भरतपुर महानगरपालिका वडा नं. २, ३, ७, ९, १०, ११, १२, १५, १६, १७, २० र २६ मा संक्रमित थपिएका हुन् । उनीहरु २१ देखि ५८ वर्ष उमेर समूहका छन् ।

यसैगरी चितवनकै रत्ननगर नगरपालिका वडा नं. १० मा २७ वर्षीया एक महिला र राप्ती नगरपालिका वडा नं. ९ मा ३५ वर्षीया एक महिलामा पनि कोरोना पुष्टि भएको डा. अधिकारीले जानकारी दिइन् । यस्तै नवलपरासीका २ पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएको छ । अन्य संक्रमितहरु धनुषा, रुपन्देही, सिरहा र बाराका छन् ।

प्रकाशित मिति: १७ भाद्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्