सुशान्त आत्महत्या प्रकरण: रियाका भाई शोविक र मिराण्डा पक्राउ


 


बलिउड अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा रिया चक्रवर्तीका भाईसमेत पक्राउ परेका छन् ।

यसैबीच सुशान्त सिंह राजपूत आत्महत्या केसमा ड्रग्स कनेक्शन बारे नयाँ खुलासा भएपछि ड्रग्स कनेक्सनमा सुशान्तकी गर्लफ्रेण्ड तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीका भाई शोविक चक्रवर्ती र सुशान्तकी हाउस म्यानेजर स्यामूअल मिराण्डालाई गिरफ्तार गरिएको छ ।

उनीहरुलाई बेलुका शोधपुछ पछि एनसीबीले पक्राउ गरेको हो । उनीहरु दुबैलाई ड्रग्स कनेक्शनमा सामेल भएको बताइएको छ । भारतीय सन्चार माध्यमकाअनुसार रिया र उनका भाईबीच ह्वाट्सएपमा ड्रग्सबारे भएको कुराकानीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनको आत्महत्या केसको बारेमा अनुसन्धान भइरहेको छ । सुशान्तले गत १४ जूनमा बान्द्रा स्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

प्रकाशित मिति: २० भाद्र २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्