पाकिस्तानी कलाकारको पक्षमा बोल्दा देशद्रोहको मुद्दामा फसे सलमान


 


salman

मुम्बई ।

उरी आक्रमणपछि भारत पाकिस्तानबीच तनाव चर्केका बेला बलिउड अभिनेता सलमान खान पनि विवादमा फसेका छन् ।
महाराष्ट्र नव निर्माण सेना ९एमएनएस०ले पाकिस्तानी कलाकारलाई भारत छाड्न दिएको धम्कीको विरोधस्वरुप सलमान खानले बलिउड कसैको जागिर खाने थलो नभएको र यसमा कसैले कसैसँग पनि काम गर्नसक्ने अभिव्यक्ति दिएका थिए ।

उनको यो प्रकारको अभिव्यक्तिपछि सलमानले पाकिस्तानको समर्थन गरेको भन्दै सकीना प्रहरी चौकीमा उनीविरुद्ध देशद्रोहको उजुरी दर्ता भएको छ । उजुरीमा सलमानले दिएको विवादास्पद अभिव्यक्तिमाथि देशद्रोहको मुद्दा दर्ता गर्न माग गरिएको छ ।

उजुरीको विषयमा मुम्बई प्रहरीले कानुनी आधार लिने र त्यसमाथि कारवाही सुरु गरिने जनाएको छ ।
चलचित्र निर्माताहरुको संगठन इम्पादेले पाकिस्तानी कलाकारहरु बलिउडमा काम गर्न रोक लगाएको छ । सलमान खानले त्यसको विरोध गर्दै पाकिस्तानी कलाकारहरुलाई समर्थन गरेका छन् ।

एमएनएसले दिएको धम्कीका कारण पाकिस्तानका कलाकारहरु भारत छोडेर पाकिस्तान गइरहेका छन् ।
बलिउडका केही अभिनेताहरुले एमएनएसको धम्की सही मानेपनि सलमान खानले आतंकवादी र कलाकारबीच फरक हुने बताएका छन् ।

सलमानको अभिव्यक्ति पछि एमएनएस रुष्ट बनेको र सलमानलाई पाकिस्तानी कलाकारको समर्थन नगर्न चेतावनी दिएको सञ्चारमाध्यमहरुले जनाएको छ ।

प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्