ठूलो दुर्घटनाबाट बचे अमिताभ बच्चन


 


amitab-bachhan

एजेन्सी ।

महात्मा गान्धीको जन्मजयन्तीमा आयोजित कार्यक्रममा सहभागी हुन मुम्बईमा पुगेका बलिउडका महानायक अमिताभ बच्चन ठूलो दुर्घटनाबाट बाँच्न सफल भएका छन् ।

गान्धीको जन्मजयन्तीमा भारतीय टिभी एनडिटिभीले आयोजना गरेको ‘स्वच्छ भारत’ अभियानमा सहभागी हुन अमिताभ ‘होटल सन एन्ड सेन्ड’ पुगेका थिए ।

कार्यक्रमका आकर्षक व्यक्तित्त्व बनेका अमिताभलाई भेट्न उनी उपस्थित भएको मञ्चमा भीड लागेपछि अत्याधिक भारले गर्दा मञ्च भाँचिएको थियो ।

मञ्च भाँचिन थालेको महसुस भएपछि अमिताभ सुरुमै भागेर आफ्नो ज्यान जोगाउन सफल भएका र उनलाई कुनै चोट नलागेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्