भाइरल अर्जुनलाई मोडेल अञ्जलीको साथ


 


काठमाडौं, भदौ २४
‘हाँसोसँगै आँसु नि लगिदिएको भए’ बोलको मार्मिक गीत सार्वजनिक भएको छ ।

गायक अर्जुन सापकोटा, पुर्णकला बिसी र विक्रम केसीको स्वरमा रहेको गीत मेशना म्युजिक युट्युब च्यानलबाट बजारमा आएको हो ।

गीत केहि समय अगाडि सामाजिक सञ्जालमा भाइरल बनेका अर्जुन विकको वास्तविक जीवनमा घटेको घटनासँग मिल्दोजुल्दो छ । भिडियोमा अर्जुन विकसङ्ग अञ्जली अधिकारी र निशा राईको अभिनय छ ।

अमित बाबु रोकायले लेखेको यस गीतमा रोशन परियारले संगीत भरेका छन् भने विनोद बाजुरालीले एरेन्ज गरेका हुन् । मार्मिक गीतको भिडियो विक्रम चौहानको निर्देशनमा बनेको हो ।

श्रीमान छाडेपछि छोरालाई पिठ्युँमा बोकेर रिक्सा चलाउँदै द‌निक गुजारा चलाइरहेका अर्जुनलाई यतिबेला सुटिङमा भ्याइनभ्याई छ । भाइरल भइसकेपछि अर्जुनको धेरै भिडियो बजारमा आइसकेको छ र आउने क्रमपनि जारी रहेको उनी बताउँछन् ।

प्रकाशित मिति: २४ भाद्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्