औषधि नहुँदा उपचारमै सकस



जाजरकाे, भदाैँ २६
जुनिचाँदे गाउँपालिकामा औषधि अभाव भएको छ । प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थादेखि मुख्य स्वास्थ्य संस्थामा समेत औषधि नहुँदा उपचारमा समस्या भएको छ । वडाहरूमा रहेका स्वास्थ्य संस्था बसेका भाडाका घरहरूमा सम्झौता नभएका कारण काम गर्न मुस्किल भएको स्वास्थ्य शाखाका प्रमुख प्रेम शाहीले जानकारी दिए ।

औषधि नहुँदा दैनिक उपचारका लागि आउने बिरामी समस्यामा परेको शाहीले जानकारी दिए । गर्खाकोट स्वास्थ्य चौकीमा समेत औषधि नहुँदा हैरान भएको बताइएको छ ।

दैनिक स्वास्थ्य संस्थामा उपचारका लागि जाने बिरामी खाली हात फर्कने गरेको गर्खाकोटका गोपाल गिरीले जानकारी दिए । नयाँ बजेटको अख्तियारी प्राप्त नभएकाले औषधि खरिद गर्न नसकिएको प्रमुख शाहीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News