चितवनमा थप एकको मृत्युपछि कोरोना पुष्टि


 


चितवन, भदाैँ २६
पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला छिन्।

दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते अपराह्न उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो।

मृत्युपछि आज बिहान आएको पिसिआर नतिजामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। यससँगै जिल्लाका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ।

एक वृद्धाको घरमा नै मृत्यु भएको थियो  चितवनका १४, मकवानपुरका पाँच, नवलपरासी ( बर्दघाट सुस्तापूर्व) का तीन तथा बारा, गोरखा र कैलालीका एक/एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो। रासस

प्रकाशित मिति: २६ भाद्र २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्