हाँस्य कलाकार ‘भोकलाग्यो’लाई कोरोना संक्रमण




काठमाडौं, भदौ २७
हाँस्य कलाकार देवीराम पराजुली ‘भोकलाग्यो’लाई कोरोना संक्रमण देखिएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

‘कोरोनाले माया गर्दा र छोड्दै गर्दा फरक अनुभव हुँदो रहेछ’ उनले फेसबुकमा लेखेका छन् । उनले आफूलाई राम्रो भइरहेको समेत जानकारी गराएका छन् । हाँस्य टेलिश्रृखलाका चर्चित पात्र पराजुलीले थुप्रै टेलिसिरियल तथा फिल्ममा अभिनय गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News