सवारी दुर्घटनामा क्रिकेटर भण्डारी गम्भीर घाइते, धनगढीमा उपचार सम्भव भएन


 



धनगढी, भदौ २८
सवारी दुर्घटनामा परेर राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारी घाइते भएका छन् ।

कञ्चनपुरको झलारी बजारमा मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किँदा उनीसहित दुई जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा उनीसंंगै उनका भाई नाता पर्ने करन ठगुन्ना पनि घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेको भन्डारीलाई झलारी स्थित शुक्लाफाटा किल्नीकमा सामान्य उपचार पछि धनगढी निफर गरिएपनि सम्भव नभएपछि नेपालगन्ज मेडिकल कलेजमा रिफर गरिएको छ । उनलाई धनगढीस्थित निसर्ग अस्पतालमा ल्याइएको थियो ।

ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २८ भाद्र २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्