जन्म दर्ता गराउनुहोस् हात्ती लैजानुहोस्


 


elephant

काठमाडौं, असोज १८

दाङको तुलसीपुर नगरपालिकाले दलित समुदायका शिशुको जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए प्रोत्साहनस्वरुप एक हजार रुपैयाँ दिने भएको छ।

दलित बालबालिकाको जन्मदर्ता समयमै नहुने समस्या रहेकाले स्थानीय विकास मन्त्रालयकै योजनाअनुसार तुलसीपुर नगरपालिकाले रकम दिने भएको हो।

मन्त्रालयले नगरपालिकालाई परिपत्र गरिसकेको र अब जन्मदर्ता तोकिएको समयमा गराउने दलित समुदायका बालबालिकालाई प्रोत्साहन भत्ता दिइने तुलसीपुर नगरपालिकाका पञ्जिकाधिकारी ध्रुवराज रेग्मीले बताए।

प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्