Deshko News
१३ आश्विन २०८०, शनिबार

सुनको भाउ ह्वात्तै घट्यो



काठमाडौं, असोज १९

सुनको भाउ बुधबार तोलामा एकैदिन ११ सय रुपैयाँले घटेको छ । सुन बुधबार तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ यो हप्ताको सुरुदेखि नै घट्दै गएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपालमा पनि सस्तो भएको महासंघले जनाएको छ । चाँदी पनि बुधबार तोलाको ३० रुपैयाँ घटेर ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १९ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News