अख्तियार प्रमुखको घरमा सूचना नटाँसी फर्कियो सर्बोच्चको टोली



lokman karki

काठमाडौं,  असोज १९

अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएको सर्बोच्च अदालतको टोली म्याद नटाँसिकनै फर्किएको छ ।

कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्कीले म्याद बुझ्न अस्वीकार गरेकाले उनलाई सुचित गर्न बुधबार सर्वोच्चको टोली उनको नयाँबानेश्वरस्थित घरमा म्याद टाँस्न गएको थियो ।

घर पूरै भाडामा भएकोले म्याद नटाँसिमनै फर्किएको सर्वेच्चका एक कर्मचारीले बताए ।

अख्तियार प्रमुख कार्कीको नियुक्ति कानुनसम्मत नभएको उल्लेख गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा २०७० वैशाख २९ गते रिट दायर गरेका थिए । सर्वोच्चले उक्त रिट २०७१ असोज ८ गते खारेज गरेको थियो ।

अधिवक्ता अर्यालले अख्तियार प्रमुख कार्कीविरुद्ध पुनः पुनरावलोकनको निवेदन हालेका थिए ।

त्यसपछि सर्वोच्चले दुवै पक्षलाई म्यादको पत्र पठाएको थियो । जसमा अधिवक्ता ओमप्रकाश अर्यालले पत्र बुझिसकेका छन् भने कार्कीले बुझ्न अस्विकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News