‘अपराधीलाई उन्मुक्ति दिने प्रचण्ड र विमलेन्द्रलाई पनि जेल हाल्नुपर्छ’


 


rajib-pahari-1-650x579

काठमाडौं, असोज १९

युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले अपराधीलाई उन्मुक्ति दिने जोसुकैलाई पनि जेल हाल्नुपर्ने बताउनुभएको छ ।

नेपाल कानूनको सर्वोच्चता भएको मुलुक भन्दै उहाँले नेपाल प्रहरीका मोस्ट वान्टेड व्यक्तिलाई भेट्ने प्रधानमन्त्री प्रचण्ड र भेटघाटको वातावरण मिलाउने गृहमन्त्री विमलेन्द्र निधिलाई पनि छानविन गरी कानूनी कठघरामा उभ्याउनुपर्ने बताउनुभयो ।

युवा संघ नेपालद्धारा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग उहाँले भन्नुभयो– ‘कैलालीको टीकापुर घटनाका मूख्य योजनाकार रेशम चौधरीलाई प्रहरीले खोजिरहेको छ । एउटा ‘अपराधी’लाई प्रधानमन्त्रीले बाह्य देशमा गएर भेट्ने र गृहमन्त्री निधिले देशभरी मधेस आन्दोलनका नाममा प्रहरीका वरिष्ठ अधिकारीसहित सर्वसाधारण जनतालाई मार्न खोज्नेलाई उन्मुक्ति दिएर अराजकता मच्चाउन चाँहेका छन् । विधि कानूनको शासनविरुद्ध क्रियाकलाप गरिरहेका छन् । यसो भएकाले कानूनको विरुद्ध जान खोज्ने प्रचण्ड र विमलेन्द्र निधिमाथि प्रहरीले छानविन गर्नुपर्छ ।’

उहाँले अगाडि भन्नुभयो- ‘देशमा कानूनी सर्वोच्चता कायम राख्न प्रहरीले अपराधीहरुलाई उन्मुक्ति दिन खोज्ने प्रचण्ड र विमलेन्द्र निधिलाई समातेर जेल हाल्नुपर्छ ।’

प्रकाशित मिति: १९ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्