प्रबुद्ध समुहको दोस्रो बैठक सम्पन्न,सन्धि पुनरावलोकन गर्न भारत सहमत


 


prabudha-samuha

काठमाडौं,असोज १९

नेपाल भारत प्रबुद्ध समुह (इपीजी)को दोस्रो बैठक बुधबार दिल्लीमा सम्पन्न भएको छ ।

नयाँ दिल्ली स्थित सचिवालयमा मंगलबारदेखि सुरु भएको दुई दिने बैठकमा १९५० मा भएको दुई देशबीचको शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने सहमति भएको हो ।

बैठकमा नेपाली प्रबुद्ध समुहका संयोजक भेषबहादुर थापाले पहिलो सत्रमै राखेको सन्धि संशोधनको प्रस्तावमा भारत सहमत भएको प्रबुद्ध समुहका सदस्य राजन भट्टराईले जानकारी दिए ।

नेपाल र भारतबीच भएका सन्धि सम्झौता पुनरावलोकनका लागि सिफारिस गर्न दुई देशका अधिकारीहरु सम्मेलित प्रबुद्ध समुह गठन गरिएको हो ।

प्रबुद्ध समुहको तेस्रो बैठक आगामी डिसेम्बरमा नेपालमा हुनेछ ।

प्रकाशित मिति: १९ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्