रेखा थापाले गरिन् विवाहको मिति सार्वजनिक


 


rekha-thapa

काठमाडौं, असोज १९

चर्चित नायिका रेखा थापाले आउँदो मंसिरमा नयाँ घरजम गर्ने तयारी गरेको बताएकी छन् ।

एक अनलाइन मिडियासँगको छोटो कुराकानीमा नायिका थापाले आउने मंसिरमा विहे गर्ने तयारी रहेको बताइन् । तर हुनेवाला पतिको नाम चाहीँ खुलाउन चाहिनन् ।

हुनेवाला पति को त भन्ने पत्रकारको जिज्ञासामा, उनले नाम अहिले नभनौं तर पेशा चाहीँ चलचित्र क्षेत्रको भन्दा बाहिरको हो, विहे पछि थाहा भइहाल्छ नि भनेर बात मारिन् ।

यस अघि नै आफुले विगतलाई सम्मान गर्दै अर्को विहे गर्ने तयारीमा रहेको बताइकी थिइन् ।

उनका पूर्वपति छवि ओझाले दशैंको टिकाको साइतमा नवनायिका शिल्पा पोखरेलसँग विहे गर्ने खबर बाहिर आइरहेका बेला रेखा थापाले पनि आफ्नो विहे मंसिरको पहिलो साता हुने खुलासा गरेकी हुन् ।

छविराज ओझासँग आफ्नो विहे नभएको समेत रेखाले दावी गरिन् ।

प्रकाशित मिति: १९ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्