प्रचण्ड सरकारकाे विकल्प खाेज्दै कांग्रेस


 


sherbahadur-prachandकाठमाडाैं, असाेज २०

प्रचण्ड सरकार गठन भएकाे दुर्इ महिनामै नयाँ सरकारकाे खाेजी सुरू भएकाे छ । प्रचण्ड सरकारकाे प्रमुख सारथी नेपाली कांग्रेसबाटै याे सरकारकाे विकल्प खाेज्न थालिएकाे हाे । यतिबेला कांग्रेस नेताहरू यस्तै अभिव्यक्ति दिन थालेका छन् । कांग्रेसका नेताहरू कृष्ण सिटाैलाले पत्रकार सम्मेलन गरेरै गगन थापा मार्फत याे कुरा बाहिर ल्याएका छन् भने रामशरण महतले पनि याे सरकारकाे विकल्प खाेज्नु पर्ने धारणा सार्वजनिक भएकाे छ ।

कांग्रेस नेताहरूबाटै यस्ता धारणा सार्वजनिक हुन थालेपछि प्रधानमन्त्री प्रचण्ड तनावमा परेका छन् । माअाेवादी भित्र पनि अब सरकार ढल्ने भयाे भनेर चर्चा चल्न थालेकाे छ ।

कांग्रेसको अन्तरद्वन्द्व देखाएर र संविधान संशोधनका अन्तरवस्तुको विवादले दाहाल सरकार ढल्न सक्ने माअाेवादी नेताहरूले आकलन गरेका छन् । पछिल्लो पटक कांग्रेसको कृष्ण सिटौला समुहले आयोजना गरेको चियापान कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले समीकरण परिवर्तन गरेर भए पनि संविधान कार्यान्वयन गर्न लाग्नु पर्ने वताएबाट माओवादी झस्केको हो ।

मधेसको असन्तुष्टि सम्बोधन गर्ने वाचा सहित बनेको सरकारले त्यसलाई अहिलेसम्म सम्बोधन गरेकाे छैन् । सरकारमा सहयात्रा गरे पनि कांग्रेसले सार्वजनिक रुपमा सरकारको वचाउ गरेकाे छैन । जसले कांगेस याे सरकारकाे विकल्पकाे खाेजीमा रहेकाे पुष्टि हुन्छ ।

दशैंपछि लगत्तै चुनाव घोषणा गरेर चैतसम्म चुनाव गर्ने वतावरण नबनाए कात्तिकमै सरकार ढल्ने माअाेवादीकाे बुझाइ छ । मधेसी मोर्चासँग संविधान संशोधनको तीन बुँदे सम्झौता गरे पनि संशोधनका विषयमा कांग्रेस र माओवादीबीच नै कुरा मिल्न नसक्नु सरकार ढल्ने एउटा कारण बनेकाे हाे ।

एमालेले संविधानको कुन प्रावधान किन संशोधन गर्न खोजेको हो औचित्य सहित ल्याउन चुनौती दिएको छ । तर, संविधान संशोधन खासगरी प्रदेशको सीमाङकन हेरेफेर गर्ने विषयमा कांग्रेस र माओवादी नै विपरित ध्रुवमा छन् । संविधान संशोधनका विषयमा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गर्न कांग्रेसमा रामचन्द्र पौडेल पक्षले माग गरेको छ भने प्रदेशको सीमाङकन हेरफेरका विषयमा माओवादी भित्र पनि असन्तुष्टि छ ।

प्रकाशित मिति: २० आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्