बलिउड नायिका श्रद्धा र सारा पनि मुछिए लागुऔषध मुद्दामा


 


मुम्बई : बलिउड नायिका श्रद्धा कपुर र सारा अली खान पनि लागूऔषध मुद्दामा मुछिएका छन्।

हाल हिरासतमा रहेकी नायक सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले सोधपुछका क्रममा श्रद्धा र सारा दुवै नायिकाको नाम लिएपछि उनीहरू मुछिएका हुन् ।

ती दुवैलाई यसै साता सोधपुछका लागि बोलाउने सम्भावना रहेको बताइएको छ। दुवै नायिकाको नाम मुछेपछि नारकोटिक्स कन्ट्रोल ब्युरोले दुवैलाई बोलाउने अवस्था देखिएको हो।

प्रकाशित मिति: ७ आश्विन २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्