Deshko News
८ आश्विन २०८०, सोमबार

कांग्रेसमा मनोनयन दशैंपछि



काठमाडाैं, असाेज २०

कांग्रेसमा पदाधिकारी मनोनयन दशैं अघि नहुने देखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दशैंअघि मनोनयन नहुने बताएका छन ।
सभापति देउवाले लामो समयदेखि दशैंअघि नै पदाधिकारी मनोनयन गर्ने तयारी गरे पनि अन्तिम समयमा उनी पछि हटेका हुन् ।

स्रोतका अनुसार आकांक्षीहरुलाई मिलाउन नसकेपछि उनी पछि हटेका हुन् । महाधिवेशन भएको सात महिना वितिसक्दा पनि सभापति देउवाले एक उपसभापति महामन्त्री र सहमहामन्त्री मनोनयन गरेका छैनन् ।

सभापति देउवाले दशैंअघि महामन्त्री, सहमहामन्त्री र प्रवक्ता मनोनयन गर्ने र त्यसपछि उपसभापति मनोनयन गर्ने तयारी गरेका थिए । तर, उपसभापतिको आकांक्षी मिलाउन कठिन भएपछि उनले अन्य पदाधिकारी मनोनयन पछि सारेको श्रोतले बताएको छ ।

प्रकाशित मिति: २० आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News