ट्रिपरको ठक्करबाट नारायणमान बिजुक्छेकी भाइबुहारीको मृत्यु


 


काठमाडौं, असोज २०

भक्तपुरको लोकन्थलीमा बिहबिार दिउँसो ट्रिपरको ठक्करबाट नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेकी भाई बुहारीको मृत्यु भएको छ ।

काठमाडौंबाट भक्तपुर जाँदै गरेको बा ४ ख ३०२० नं.को ट्रिपरले अगाडी गुडिरहेको बा ३४ प ६३१२ नं.को बाइकलाई ठक्कर दिँदा बाइकको पछाडी रहेकी इन्दिरा बिजुक्छेको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ ।

बाइकका चालक तथा उनका श्रीमान राजामान बिजुक्छे घाइते भएका छन् भने ट्रिपर चालक फरार रहेका छन् ।

प्रकाशित मिति: २० आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्