अाजकाे राशिफल


 


अाज मित वि.सं. २०७३ साल असोज २१ गते शुक्रबार । इश्वी सन् २०१६ अक्टोबर ७ तारिख, नेपाल संवत् ११३६ कौलाथ्व। आश्विन शुक्लपक्ष, तिथि– षष्ठी, १५:३१ बजेउप्रान्त सप्तमी । तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमाइलो यात्रा र मनोरञ्जनमा सुरुको समय बित्नेछ । सोचेको भन्दा धेरै खर्च हुनेछ । पढाई लेखाइमा रुची बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक मानसम्मान मिल्नेछ । विवादास्पद कामको बोझ थपिने सम्भावना देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मेहनत गर्दा दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । दाम्पत्य जीबन सुखमय बित्नेछ । घरायसी काममा रुची बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काम गर्ने हौसला र उत्साह बढ्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । बिनाकारण विवाद बढ्ने योग रहेको छ, बोल्दा ध्यान दिनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्यमा सुधार आउनेछ । रमाइलो यात्राको योग रहेको छ । प्रेमी प्रेमिकाको लागि उत्कृष्ट समय छ । घरायसी काममा उल्झन आउनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) ठुला व्यक्तिको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विवादले अप्ठ्यारोमा पार्न सक्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । पढाईको लागि विदेश जाने मौका मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन । शत्रुहरु पराजित हुनेछन । रोकिएका अधुरा काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साथीभाईसंगको भेटघाटमा मन खुसि रहनेछ । स्वास्थ्य कमजोर रहने देखिन्छ । काममा पारिवारिक सहयोग मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साझेदारी काममा विवाद बढ्न सक्छ । पढाई लेखाइमा प्रगति हुनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । मन खुसि रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रयाश गरेको कामहरु सफल हुनेछन । बौद्धिक काममा सफलता मिल्नेछ । सामाजिक दायित्व बढ्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

प्रकाशित मिति: २० आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्