विजय लामा भन्छन-के नेताहरू र धनीहरुको निम्ति मात्र हो यो देश ?


 


vijya-lama3

काठमाडौं, असोज २१

नेपाल वायुसेवा निगमका बरिष्ठ क्याप्टेन विजय लामाले सरकारलाई आठ प्रश्न सोधेका छन् । उनले बुधबार फेसबुकमार्फत जनताले कर तिरेर राष्ट्र निर्माणमा सहयोग पुर्याएको भन्दै सरकारको अव्यवस्थित प्रणाली र यत्रो कर संकलन गरेका जनतालाई सामान्य सुविधा पनि प्रदान गर्न नसकेको भन्दै प्रश्न सोधेका हुन् ।

उनले प्रश्न गरेका छन्– ‘के पार्टी, नेताहरू र धनीहरुको निम्ति मात्र हो यो देश ?
आठ प्रश्न यस प्रकार छन्ः

१. स्वच्छ पिउने पानी छ  ?

२. राम्रो सडक छ र ?

३. स्वास्थ्य, शिक्षा र खेलकूदको क्षेत्रमा के विकास गरेको छ सरकारले ?

४. सडक, ढल, विजुली र खानेपानीको ब्यवस्थापनको निमित्त के काम गरेको छ र ?

५. अझै भन्ने हो भने हामी जनताको निम्ति के नै छ र एउटा खोक्रो भाषण बाहेक र ?

६. दुःख गरी गरी कमाएको पैसाबाट कर तिर्दा त केही सुविधा हुनुपर्ने होइन र ?

७. दशैजस्तो महान् चाडमा सबै सामाग्री सुपथ मुल्यमा उपलब्ध गराइदिनुपर्ने होइन सरकारले रु उल्टै बजार माफियाको हातमा सुम्पेर जनतालाई जिउनै मुश्किल परेको छ ।

८. पार्टी, नेताहरु र धनीहरुको निम्ति मात्र हो यो देश ?

प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्