कोरोना जितेर काममा फर्किइन् मलाइका


 


मुम्बई, असोज २० एजेन्सी

अभिनेत्री मलाइका अरोडा डान्स रियालिटी शो इन्डियाज वेस्ट डान्सरको सेटमा निर्णायकका रुपमा फर्किएकी हुन् ।

कोरोना संक्रमण देखिएपछि उनले केही समय कामबाट ब्रेक लिएकी थिइन् । तर, अब पूर्ण स्वस्थ भइसकेकी छिन् । इन्स्टाग्राम एकाउन्टमा शेयर गरिएको एक भिडियोमा मलाईका मेकअप गराउँदै गरेको अवस्थामा देखिन्छिन् ।

यस भिडियोमा उनी पहेलो रंगको साडीमा देखिएकी छिन् । भिडियोमा क्याप्सन दिइएको छ –‘हेर्नुस् को फर्किएर आइन्, जो सूर्यभन्दा ज्यादा चम्किलो छिन् ।’

कार्यक्रमको सेटमा फर्किन पाउँदा उनी निकै खुसी देखिन्छिन् । यस भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यसअघि मलाईकामा कोरोना पोजेटिभ देखिएपछि उनको साटो नोरा फतेहीले शोमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । मलाईका फर्किएपछि नोराले शोबाट बिदाई लिएकी छिन् । यता, नोराको बिदाईमा अर्की निर्णायक गीता कपूर भावनात्मक देखिएकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘थ्याङ्क यू बेबी नोरा । मेरो जिन्दगीको प्रेम र खास हिस्सा बन्नका लागि । मलाई थाहा छैन, कसरी मलाइका गएपछि तिमीले यति कम समयमा राम्ररी यस स्थानलाई भ¥यौ, म तिमीलाई धेरै मिस गर्नेछु । तिमीलाई थेरै सफला मिलोस्, लभ यु नोरा ।’

प्रकाशित मिति: २० आश्विन २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्