सम्पादकीय – शुभ रहाेस् विजया


 


dash 01नेपालीहरु विशेष गरी हिन्दुहरुको महान् चाड दशैं सुरु भइसकेको छ । मीठो मसिनो खाने, राम्रो लाउने र रमाइलो गर्ने चाडको प्रारम्भ घटस्थापनादेखि भए पनि विशेष रूपमा फूलपातिदेखि मनाउने गरिएको छ ।

यो चाड धार्मिक हिसाबले मात्र होइन सामाजिक, राजनीतिक र न्यायिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । यस चाडमा कामको खोजीमा, अध्ययनका लागि र अन्य विशेष कार्यक्रमका लागि विदेश गएका नेपाली पनि घर फर्किने गरेका छन् । र, कतिपय फर्किदै छन् ।

दशैं आएसँगै सुनसान रहेका दुर्गम गाउँहरुमा पनि चहलपहल बढेको छ । विदेश गएका धेरैजसो युवाहरु नफर्किए पनि केही मात्रामा दशै मनाउन घर आएका छन् ।

साच्चै यतिबेला दशैंको रौनक छाउन थालेको छ । वर्ष दिनपछि आफन्तसँग भेटघाट गर्ने र आफूभन्दा ठूला मान्यजनबाट आर्शीवचन लिने यस चाडका लागि गरिब वर्गले पनि विभिन्न परिकार बनाएर खानका लागि सामग्री जोहो गरेका हुन्छन् । यो चाडमा सामूहिक रूपमा खाने र रमाइलो गर्ने चलन छ ।

अघिल्लो बर्ष देशमा संविधान जारी भयो । देश अशान्त बन्यो । तराई लामो समयदेखी बन्द र हडतालमा रुमल्लियो । भारतले नेपालमाथि अघोषित नाकाबन्दी गर्याे । जनता बन्द हडताल र नाकाबन्दीले पिल्सिए । तर अहिले त्यस्तो अवस्था छैन् ।

यद्यपी संविधानको कार्यान्वयन भने सोचे अनुरुप हुन सकेको छैन् । अब दिगो रुपमा संविधानको कार्यान्वयन गर्दे देशलाई अग्रगतिमा अगाडी बढाउनु जरुरी छ ।

आफ्नो संविधान आफैं लेख्ने सात दशक लामो सपना पुरा भएको छ । त्यसैले अब देशलाई शान्ति र समृद्धिको बाटोमा डोर्याउनु पर्छ । २०७३ सालको विजया दशमीले देशमा सुख, शान्ति र समृद्धि भित्राओस् । सबै नेपालीको सुस्वास्थ्य, समुन्नति र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

देशकाे मिडिया प्रा.लि परिवार ।

प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्