थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण, मृतकको संख्या ७ सय नाघ्यो




काठमाडौं, असोज ३०
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत मन्त्रालयका प्रवक्ता डा. जागेरशवर गौतमले पछिल्लो तथ्यांक सार्वजनिक गरेका हुन् । उनकाअनुसार देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये काठमाडौंका मात्रै २ हजार ४०२ जना छन् । यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ । हालसम्म ८८ हजार ४४ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News