कोरोनाबाट चलचित्रका पहिलो छायाकार मास्केको निधन


 



काठमाडौं, कार्तिक १
कोरोना संक्रमणबाट नेपाली चलचित्रका पहिलो छायांकार बैकुण्ठमान मास्केको निधन भएको छ । उनको ८३ बर्षको उमेरका निधन भएको हो ।

लामो समयदेखि मास्के कलेजोको बिरामी रहेका मास्केलाई कोरोना संक्रमण भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । मास्केले पूर्ण छायांकारको रुपमा चलचित्र ‘मनको बाँध’ मा काम गरेका थिए ।

मास्केले केही विदेशी समाचार संस्थामा पनि काम गरेका छन् । साथै, उनले दर्जन बढी चलचित्रमा पनि काम गरेका छन् ।

उनलाई, गतबर्ष चलचित्र निर्माता संघले विरगञ्जमा आयोजना गरेको स्वर्णिम चलचित्र महोत्सवमा पहिलो छायांकारको रुपमा सम्मान गरेको थियो । मास्केका श्रीमती र एक छोरी छन् ।

प्रकाशित मिति: १ कार्तिक २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्