दुर्इ सातामा तीन हजार घट्याे सुनकाे भाउ


 


काठमाडाैं, असाेज २२

पछिल्लो दुई सातामा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेको छ । असोज ९ गते ५९ हजार रुपैयाँ तोलामा कारोबार भएको सुन लगातार घटेर शुक्रबार ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

साताको अन्तिम दिन तोलामा ३ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दुई साताको बिचमा गएको बुधबार एकै दिन सुन तोलामा ११ सय रुपैयाँले घटेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपालमा पनि प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए । यस्तै चाँदी ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २२ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्