नेपालमा थप ३०९३ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमितको संख्या ४१,७७५ पुग्यो


 


काठमाडौं, कार्तिक ४
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ जना कोरोना संक्रमित भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ। 

पछिल्लो २४ घण्टामा १३ हजार ८६१ जनाको पिसिआर परीक्षण भएको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार १०८ छ। योसँगै हालसम्म ९६ हजार ६०९ जना निको भएका छन्। 

आज देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७६५ पुगेको छ।

प्रकाशित मिति: ४ कार्तिक २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्