शुभकामना अादान-प्रदान


 


programकाठमाडौँ, असाेज २२

नेपालीहरुको महान् चाड विजया दशमी तथा शुभ दीपावली लगायतका चाडपर्वको, उपलक्ष्यमा लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघ (नेपाल प्रज्ञा–प्रतिष्ठान)ले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमकाे आयोजना गर्याे । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति, डा. विष्णुविभु घिमिरेले यस प्रकारका कार्यक्रमले आपसी सद्भाव र मेलमिलापको संस्कृति समृद्ध हुनलाइृ सहयोग पुग्ने बताए ।

program1प्राज्ञसभा सदस्य डा. विष्णुराज आत्रेयले दसैँको धार्मिक तथा सांस्कृतिक पक्षका बारे प्रकाश पारे । संघका का.वा. अध्यक्ष बुद्धि तिमल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. जीवेन्द्रदेव गिरी, कलाकार शैलेन्द्र सिम्खडा, सुरेन्द्रकाजी सिन्दुराकार, प्रशासन प्रमुख ज्ञानहरि अधिकारी, आर्थिक प्रशासन प्रमुख सुमन अधिकारी, सार्वजनिक सेवा कर्मचारी संघ (अप्सिन)का ऋषिराम गिरी, नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी संगठनका अध्यक्ष विक्रम मैनाली, राष्ट्रिय कर्मचारी संगठनका प्रज्ञा–प्रतिष्ठान समिति अध्यक्ष धनबहादुर कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन संघका महासचिव अशोककुमार चौरसियाले गरेका थिए ।

प्रकाशित मिति: २२ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्