नेपालमा थप ५७४३ जनामा कोरोना भाइरसको संक्रमण


 


काठमाडौं, कार्तिक ५
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जना कोरोना संक्रमित भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ। 

पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ९९६ छ। योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भएका छन्। 

आज देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७९१ पुगेको छ।

प्रकाशित मिति: ५ कार्तिक २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्