कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं, कार्तिक १७
नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । आज पनि सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भैरहेको थियो । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।
आज सुनको मूल्य स्थीर रहेपनि चाँदीको मूल्य भने बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय पाँच पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: १७ कार्तिक २०७७, सोमबार












