उपत्यका सुनसान, प्रहरी र सेनाको गाडी सञ्चालन


 


काठमाण्डौ, असोज २४

दसैँको लागि भनेर लाखौँ सर्वसाधारण गाउँ गएपछि उपत्यकाभित्र सुनसान जस्तै भएको छ ।

उपत्यकाकाबाट २२ लाखभन्दा बढी मानिस विभिन्न गन्तव्यमा गएका छन् जसका कारण उपत्यकाका मुख्य बजार, सडक चोकका पसलहरु बन्द छन् । सडकमा पातलो सङ्ख्यामा सवारी साधन गुडेका छन् । मानिसको चहलपहल पनि न्यून छ । पर्याप्त सवारी नचल्दा कामकाजी सर्वसाधारण मर्कामा परेका छन्

उपत्यका छोड्ने सर्वसाधारणभन्दा पनि विभिन्न बाध्यतामा राजधानीमा रहेका सर्वसाधारणलाई दसैँका बेला सवारी साधन, अत्यावश्यक खाद्य पदार्थ तरकारी आदि सामान किन्न र गन्तव्यमा पुग्न समस्या भएको छ ।

उपत्यकामा यात्रुको सुविधालाई मध्यनजर गरी नेपाल प्रहरी र नेपाली सेनाले विभिन्न रुटमा गाडी सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति: २४ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्