तोलामा चार सय रुपैयाँ बढ्यो सुनको मूल्य


 



काठमाडौं, कात्तिक १८
बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार चार सय पुगेको छ । सुन हिजो प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय १० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय पाँच रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्