पृथ्वी राजमार्ग फेरि अवरुद्ध, यात्रुलाई सास्ती


 


काठमाडौं, असोज २४

ऐना पहरामा पहिरो खसेपछि पृथ्वी राजमार्ग फेरि अवरुद्ध भएको छ ।

यसरी अवरुद्ध हुँदा पश्चिम नेपालका लागि छुटेका सय भन्दा धेरै गाडी मुग्लिनमा रोकिएका ट्राफिक प्रहरीले जनाएको छ ।

तनहुँको आँबुखैरेनीमा सोमबार बिहान ३ बजेदेखि पोखरा, बाग्लुङ, पर्वत, म्याग्दी लगायतको आवातजावत ठप्प भएको र पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि गएको बुधबार पनि त्यही ठाउँमा पहिरो खस्दा दशैंका लागि घर हिँडेका यात्रुहरुले सास्ती खेप्नु परेको थियो ।

प्रकाशित मिति: २४ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्