सुनको मूल्य आजपनि बढ्यो


 



काठमाडौं, कात्तिक १९
नेपाली बजारमा आजपनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा ९ सय रुपैयाँ बढ्दै प्रतितोला ९६ हजार तीन सय पुगेको छ । सुन हिजो प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने तोला पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय पाँचमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्