अनमोलन र सुहाना अभिनित चलचित्र ‘ए मेरो हजुर–३’ सार्वजनिक


 



काठमाडौं, कात्तिक २०
अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर–३’ युट्युबमा सार्वजनिक भएको छ । झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर–३’ लाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

यो चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापाका साथै कलाकार मुख्य भूमिकामा सलोन बस्नेत पनि छन् । चलचित्र हलमा प्रदर्शनमा आएको डेढ वर्षपछि युट्युबमा सार्वजनिक भएको हो। चलचित्रले हलमा राम्रो व्यापार गरेको थियो।

युटुबमा आउनु अगाडि यो चलचित्रलाई विदेश तथा टेलिभिजनमा पनि प्रदर्शन गरिएको थियो। यो चलचित्रमा अनमोललाई सुपरस्टारको भूमिकामा देखाइएको छ भने सुहानालाई उनको फ्यानको भूमिकामा देखाइएको छ।

यहि चलचित्रबाट निर्देशक झरनाकी छोरी सुहानाले नेपाली चलचित्र क्षेत्रमा इन्ट्री मारेकी हुन्। उनको अभियनको खुबै प्रशंसा गरिएको थियो। चलचित्रको अर्को सिरिज ‘ए मेरो हजुर–४’ मा पनि सुहाना र अनमोल नै देखिनेछन्। जसको छायांकनको काम भइरहेको छ। जुन चलचित्र प्रेम कथामा बन्न लागेको छ ।

प्रकाशित मिति: २० कार्तिक २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्