सुनचाँदीको मूल्य आज ह्वात्तै बढ्यो


 



काठमाडौं, कात्तिक २१
नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सुन आज तोलामा एक हजार रुपैयाँ बढ्दै प्रतितोला ९७ हजार दुई सय पुगेको छ ।

सुन हिजो प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ५५ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्