घूससहित इन्जिनियर र होटल सञ्चालक रंगेहात पक्राउ


 



नुवाकोट, कात्तिक २२
नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियरसहित दुई जना घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरका इन्जिनियर पर्वत पौडेल र बेलकोटगढी नगरपालिका–९ तिगाउँका घर भर्इ विदुर नगरपालिका–२ बट्टारमा होटल सञ्चालन गर्दै आएका नारायण भट्टलाई पक्राउ गरेको हो ।

बेलकोटगढी नगरपालिका–८ मा भूकम्प पीडितको लाभग्राही सूचीमा पार्नका लागि इन्जिनियर पौडेलले लाभग्राहीबाट रकम माग गरेका थिए । लाभग्राही सूचीमा पार्नका लागि होटल
सञ्चालक भट्टमार्फत रकम लिन भनेका थिए । शनिबार बिहान होटल व्यवसायीले ५० र २५ हजारको दुई बन्डल सागर मिठाई पसलमा चिया पिउने क्रममा दिन लाग्दा आयोगका टोलीले रंगेहात पक्राउ परेको छ ।

यसअघि सोही नगरपालिकामा कार्यरत सबइन्जिनियर तथा निजामती कर्मचारी संगठन नुवाकोटका अध्यक्ष रहेका बद्री भण्डारी पक्राउ परेका थिए । त्यसैगरी जिल्ला वन कार्यालयकाट डिएफओ जयमंगल प्रसाद सूर्यगढीगाउपालिका–५ स्थित तादी लाइम स्टोनका लागि सहमति दिन झुलाएको आरोपमा पक्राउ परेका थिए । उनी पनि धरौटीमा रिहा भएपनि मुद्दा विचाराधीन छ ।

प्रकाशित मिति: २२ कार्तिक २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्