बलिउड फिल्म निर्माता फिरोजकाे घरमा ड्रग्स फेला, श्रीमती पक्राउ


 


एजेन्सी, कार्तिक २४
बलिउड फिल्म निर्माता फिरोज नाडियाडवालाको घरमा ड्रग्स फेला परेकाे छ। ड्रग्सको सम्बन्धको विषयमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) नाडियाडवालाको घरमा छापा मारेको हाे ।

भारतीय सञ्चार माध्यमका अनुसार आइतबार भएको यो छापामारीमा नाडियाडवालाको घरबाट करिब १० ग्राम गाँजा र तीन मोबाइल फोन जफत गरिएको छ । दुई साक्षीको उपस्थितीमा फिरोजकी श्रीमती शबाना सईदलाई एनबीसीले पक्राउ गरेको काे ।

छापामारी हुँदा फिरोज घरमा थिएनन् । एनसीबीले उनलाई सोधपुछका लागि पत्र पठाएको छ । फिरोज सोमबार पेश हुनु पर्नेछन । ‘फिर हेरा फेरी’ र ‘वेलकम ब्याक’ जस्ता फिल्मका निर्माता हुन् फिरोज नाडियाडवाला ।

अनुसन्धान एजेन्सीले हिरासतमा लिइएका केही संदिग्धसँगको सोधपुछका क्रममा फिरोजको नाम सार्वजनिक भएको थियो ।

एनसीबीले शनिबार मुम्बईका चार भिन्न–भिन्न स्थानमा छापा मारेको थियो । यतिबेला गाँजा, चरेस र अन्य ड्रग्स पनि बरामद भएको थियो । शनिबार बेलुका भएको छापामारी पछि चारजनालाई हिरासतमा लिइएको थियो जोसँग हाल अनुसन्धान एजेन्सीले सोधपुछ गरिरहेको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्