राजदेवीमा १४ हजार ६ सय बढी बोकाको बलि


 


काठमाडौं असोज २५

जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यो वर्षको दसैंमा १४ हजार ६ सय १७ बोकाको बलि चढाइएको छ ।

आइतबार तथा अष्टमीको राति ८ बजे सुरु भएको बोका बलिदानको कार्यक्रम नवमीको दिन सोमबार बिहान सकिएको हो ।

गत वर्ष १३ हजार ६ सय ८४ बोकाको बलिदान गरिएको थियो ।

गत वर्ष ०७२ को तुलनामा यो वर्ष बोका बलिको सँख्याया बढी भएपनि ०७० र ०७१ को तुलनामा बोका बलि घटेको छ ।

बलि दिनको लागि एउटा बोकाको बलिको लागि रु १५० को दरले रसिद काट्नु पर्ने हुन्छ । यो दरले यस वर्षको बलिबाट रु २१ लाख ९२ हजार ५०० रुपैयाँ उठेको महावीर युवा कमिटीका अध्यक्ष धर्मेन्द्र साहले जानकारी दिए ।

प्रकाशित मिति: २५ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्